कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं। संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
प्रतिनिधि सभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो।
यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो। तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि संसद् चलाएपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर सांसद तथा मन्त्रीको प्रत्यक्ष प्रसारण रोकेका थिए।
आजको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीले जवाफ दिने क्रम चलिरहेको थियो।
अब संसदको अर्को बैठक विहिबार ११ बजे बस्ने गरि स्थगित भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment