फिल्म ‘आचार्य’ को प्रीमियर शोमा सत्यराजको अभिनयको तारिफ (तस्बिरसहित)
काठमाडौं। असार ७ अर्थात भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को बुधवार साँझ काठमाडौंमा भब्य प्रीमियर शो गरिएको छ।

कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रीमियरमा राजनीतिक दलका नेताहरु , फिल्मकर्मी तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो। फिल्म हेरेर हलबाट निस्कँदै गर्दा अधिकांश कलाकारहरु स्वर्गीय भक्तराज आचार्यको जीवन कहानी सम्झेर भावुक भएका थिए।

चलचित्र ‘आचार्य’ प्रीमियर शो हेर्नको लागि नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा ,राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम, वरिष्ठ संगीतकार शम्भुजित बासकोटा,संगीतकार चेतन सापकोटा ,गायकहरु ओम बिक्रम बिष्ट, यम बराल,नबिन के भट्टराई ,धिरज राई, शिव मुखिया, गायिकाहरु मीरा राणा,आनी छोइङ डोल्मा,निशा देशार ,प्राश्ना शाक्य , कलाकार सुनिल थापा , कवि विप्लव प्रतीक,भुपेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो।

फिल्म हेरेरपछि मिडियासँग कुराकानी गर्दै अधिकांशले फिल्म राम्रो बनेको प्रतिक्रिया दिँदै संगीतमा लाग्ने जो सुकै मान्छेले ‘आचार्य’चलचित्र हेर्नैपर्ने प्रतिक्रिया दिएका थिए । धेरै पाहुनाहरुले भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्यको अभिनयको तारिफ गरेका थिए।

१३ वर्ष अघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले फिल्मको पुनःप्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन हुने फिल्ममा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिएको छ।

फिल्ममा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य , अरुणा कार्की ,सुनील पोखरेल देखि सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत यसमा देख्न सकिन्छ।रोशन राई निर्माता रहेको फिल्मलाई प्रशान्त रसाईलीले निर्देशन गरेका हुन्। फिल्मलाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन्।


No ads found for this position


डिसी नेपाल
Facebook Comment