घण्टा घरको घडी मर्मत गर्न सांसद शाहको सरकारलाई ध्यानाकर्षण

डिसी नेपाल
९ असार २०८१ १३:०८
32
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले काठमाडौंमा रहेको घण्टा घरको घडी मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद शाहले घण्टा घरले अहिले समय देखाउन छोडेको बताउँदै उनले स्थानीय र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले यो घण्टा घर राजधानीको शान मात्र नभएर देशको ऐतिहासिक धरोहर पनि भएकाले मर्मत गर्न ध्यानाकर्षण गराएका छन्।

उनले यसलाई समयमा मर्मत नगरेमा यो धरोहरले गणतन्त्र र संघीयतालाई जिस्काइरहने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *