चुरे संरक्षणका लागि विशेष कार्यक्रम ल्याउन सांसद प्रदीप पौडेलको माग

डिसी नेपाल
९ असार २०८१ १३:५१
20
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चुरे संरक्षणमा सरकार जिम्मेवार नभएको आरोप लगाएका छन्।

संसद्को विशेष समयमा बोल्दै सांसद पौडेलले गमलामा विरुवा रोपेर चुरे संरक्षण नहुने जिकिर गर्दै चुरे संरक्षणका लागि निश्चित कानुनी आधार बनाएर सुनिस्चित गर्नुपर्नेमा जोड दिए।

चुरे संरक्षणको लागि दबाब दिन माइतीघरमा कैयौं दिनदेखि आन्दोलन भैरहेको भएपनि सरकारले अहिलेसम्म कुनै चासो नदिएको बताए।

उनले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन माग गर्दै अहिलेसम्म चुरे संरक्षणको नाममा १५ अर्ब खर्च भएपनि यसमा कुनै प्रगति नभएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *