राजीनामा दिने तयारीमा मुख्यसचिव अर्याल
काठमाडौं। मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन्। टेरामेक्स खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजीनामाको तयारी गरेका हुन्।
शुक्रबार अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो भने आज सो मुद्धा दायर गर्न अख्तियारको टोली विशेष अदालत पुगेको छ।
आफूविरुद्ध मुद्दा दायर हुने भएपछि मुख्यसचिव अर्यालले राजीनामासहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको बुझिएको छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले अर्याललाई आफ्नो स्वविवेकमा निर्णय गर्न भनेका थिए।
अर्याल सञ्चार सचिव हुँदा भएका यी प्रकरणमा अख्तियारले अनुसन्धानपछि डेढ अर्बभन्दा बढीको भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment