गण्डकीका निलम्बित सांसद देवकोटाले दायर गरेको रिट आज ‘हेर्दा हेर्दै’मा
काठमाडौं। गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दा हेर्दैमा राखिएको छ। आज यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो । आज सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो।
देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए।
गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दल समबन्धि ऐन अनुसार माओवादीको चुनाव चिन्ह लिएर लडेको बताउदै आफुलाई मओवादी केन्द्रले कारवाही गर्न नसक्ने दाबि गरेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो। माओवादी केन्द्रले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै कारवाही गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment