प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

डिसी नेपाल
१० असार २०८१ ७:५०
28
Shares

काठमाडौं। आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ। अहिले बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने सम्भावित कार्यसूची छ।

त्यस्तै, दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *