पदको मर्यादा कायम राखेर अभिव्यक्ति दिन मेयर बालेनलाई उपमेयर डंगोलको आग्रह
काठमाडौं। काठमाडौं महानगरकी उपमेयरले पदमा बसपछि पदको मर्यादा कायम राखेर अभिव्यक्ति दिन मेयर बालेन शाहलाई आग्रह गरेकी छन्।
काठमाडौं महानगरको नगर सभाको बैठकमा बोल्दै उपमेयर डंगोलले सिंहदरबार जलाउने, भत्काउने अभिव्यक्तिले हामी सबैलाई विनाशको बाटोमा लैजाने भन्दै सबैको अस्तित्वलाई स्वीकार गर्नुपर्ने बताएकी हुन्।
सबैले छलफल र संवादबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै जनप्रतिनिधिहरु सार्वजनिक रुपमा विवादमा उत्रिन नहुने उनले बताइन ।
उनले मेयर र आफू लगायतका युवा नेताहरु राजनीतिमा आएको र आफूहरुका काम विश्वले हेरिरहेको भन्दै आफ्नो अभिव्यक्तिले कस्तो असर गर्छ भन्ने ख्याल गर्नुपर्ने बताएकी छन्।
उनले न्यूरोड, कलंकी जस्ता स्थानको विवाद संवादबाट समाधान गर्नुपर्ने बताएकी छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment