इटाली युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश

डिसी नेपाल
११ असार २०८१ ७:०५
96
Shares

काठमाडौं। बराबरी गोल गर्दै साविक विजेता इटाली युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ। खेलको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै इटाली अन्तिम १६ मा पुगेको हो।

क्रोएसियाले ५५औं मिनेटमा लुका मोड्रीचको गोलको मद्दतमा खेलमा अग्रता लिएको थियो। मोड्रीच गोल गर्नु केही समय अघि पेनाल्टीमा असफल रहेका थिए। उनको पेनाल्टी इटालियन गोलरक्षक डोनारुमाले बचाएका थिए।

अर्को मिनेट भित्र उनले नै गोल गर्दै क्रोएसियालाई दोस्रो चरण पुग्ने संघारमा पुर्‍याएका थिए। खेलमा हार बेहोरेको भएपनि इटाली समूह ‘बी’ मा तेस्रो हुँदै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै रहेको थियो। तर सो सम्भावना अनुरूप अन्य नतिजामा भर पर्नु पर्ने थियो।

इटालीको ३ खेलमा ४ अंक रह्यो। क्रोएसियाको भने ३ खेलमा २ अंक मात्र भएको छ। तेस्रो भएको क्रोएसियाको उत्कृष्ट ४ मा तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अर्को चरणमा पुग्ने सम्भावना न्यून रहेको छ।

अल्बानिया भने १ अंकसहित समूहको पुछारमा रह्यो। अन्तिम खेलमा अल्बानिया माथि १-० को जित निकाल्दै स्पेन शत-प्रतिशत नतिजासहित समूहको शीर्ष स्थानमा रह्यो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *