नेपाल अफ्रिका फिल्म फेस्टिवल सम्पन्न : जुरी अवार्डबाट प्रभात सम्मानित
काठमाडौं। नेपाल अफ्रिका फिल्म महोत्सव‘नाफ’मा अभिनय मार्फत सर्वोत्कृस्ट जुरी अवार्ड प्रभात पाल ठकुरीले प्राप्त गरेका छन् । सिनेमा‘सरी म’ मार्फत उनले उत्कृष्ट अवार्ड प्राप्त गरेका हुन्।
हलमा सामान्य ब्यवसाय गरेको सिनेमा हेर्ने दर्शकले प्रभातको अभिनयको भने तारिफ गरेका थिए। केही सिनेमा र दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेका प्रभातलाई सम्भावना बोकेका नायकको रुपमा लिने गरिएको छ। उनका हरेक काममा दर्शकले सकारात्मक प्रतिक्रिया दिने गरेको भए पनि निर्माता निर्देशकको नजरमा भने उनी नपरेका हुन कि भनेर चर्चा पनि सिनेबृत्तमा हुने गर्छ।
समग्रमा उनको कामको सम्मान स्वरुप उनलाई जुरीले उत्कृष्ट अभिनयको लागि अवार्डमा चुनेका हुन् । यो छनौटले नाफको अवार्डको गरिमा समेत बढेको छ।
अवार्ड ग्रहण गर्दै गर्दा प्रभातले भने,‘म यो विशाल उद्योगमा सिक्ने र नवोदित छु । मलाई हाम्रा वरिष्ठ सिनेकर्मीहरुबाट उत्तम मार्गदर्शन र समर्थनको आवश्यकता छ। सिक्न र प्राप्त गर्न धेरै कुरा छन्, र म पुनः उत्कृष्ट प्रयास गर्नेछु।’
नेपाल र अफ्रिकाबीचको सिनेमा र सांस्कृतिक आदान(प्रदानको रुपमा यो अवार्ड आयोजना गरिएको हो । काठमाडौंमा आयोजित महोत्सवमा दुवै महादेशका विविध सिनेमाहरु प्रस्तुत गरिको थियो।
महोत्सवमा सिनेमा देखाइनुको साथै प्यानल छलफल र कार्यशालाहरू समावेश गरिएको थियो । महोत्सवमा विश्वभरका सिनेकर्मी, कलाकार र सिनेमाप्रेमीहरूले सहभागिता जनाएका थिए । नाफ आयोजकले आगामी वर्षको महोत्सवको तयारी समेत सुरु गरिसकेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment