संघीय कर्मचारीको दरबन्दी घटाउने सरकारको तयारी, ओएनएम अन्तिम चरणमा

डिसी नेपाल
१४ असार २०८१ ७:२५
104
Shares

काठमाडौं। सरकारले ठूलो संख्यामाकर्मचारीको दरबन्दी घटाउँदै संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्ने कार्यलाई तीव्रता दिएको छ।

सरकारले अहिलेसम्म १२ वटा संघीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउँदै संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम सम्पन्न गरेको छ।

संघीय कार्यालयमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले मन्त्रालय, विभाग, आयोग, कार्यालयलगायतका संघीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउँदै १२ वटा कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार दरबन्दी पुनरावलोकनका क्रममा संघीय कार्यालयमा विभिन्न पदका गरी कुल ५३ हजार ३८२ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिले एक हजार ८४६ दरबन्दी घटाएर ५१ हजार ५३८ दरबन्दी कायम गरिएको छ।

अहिलेसम्म विभिन्न मन्त्रालय, विभाग र कार्यालयका गरी १२ वटा कार्यालयको ओएनएम सम्पन्न भएकोमा कुल दरबन्दीमा ९४२ वटा प्राविधिक पदका दरबन्दी थप गरी दुई हजार ७८८ वटा अनावश्यक कर्मचारीको दरबन्दी घटाइएको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *