‘हंगामा’ बाट धुर्मुस-सुन्तलीको अभिनयमा कमब्याक (भिडियो)

डिसी नेपाल
१५ असार २०८१ १०:३५
468
Shares

काठमाडौं। लामो समय यता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पुनः अभिनयमा फर्किएका छन्।

गायिका सुजाता के सी र तुलसी सिवाकोटीको स्वर रहेको रोमान्टिक गीत ‘हंगामा’को म्युजिक भिडियोमा धुर्मुस )सुन्तलीलाइ नयाँ शैलीमा प्रस्तुत गरिएको छ। सी डी विजय अधिकारीको शब्द ,संगीत रहेको गीतमा केशव बडुको एरेन्ज रहेको छ।

युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी ,अर्जुन तिवारीको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ। गीतलाई गायिका सुजाता के सीको युट्युब च्यानलमा गएर हेर्न सकिन्छ।

अर्को महिना जुलाई देखि यसै गीतका गायक तुलसी सिवाकोटीको साथमा पहिलोपटक युरोपको कार्यक्रममा जान लागेका धुर्मुस -सुन्तली लामो समय पछि बिस्तारै स्टेज प्रोग्राम र अभिनयमा कमब्याक गर्ने कोसिस गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *