नेप्सेमा दोहोरो अंकको गिरावट

डिसी नेपाल
१६ असार २०८१ १६:४९
60
Shares

काठमाडौं। नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.८३ अङ्कले घटेर दुई हजार ३७. ०९ विन्दुमा कायम भएको छ।

आज विभिन्न ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर ५० हजार ९५२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य ७. ०६ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ५. ७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९. ३० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु १२ करोड ८८ लाख ७४ हजार १५४ बराबरको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको दुई लाख २९ हजार २१० कित्ता शेयर कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *