बाइडेनको टिभी अन्तर्वार्तापछि पनि डेमोक्र्याटिक पार्टीमा चुनाब हार्ने चिन्ता कायमै

डिसी नेपाल
२३ असार २०८१ १४:२१
28
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार राति टिभीमा दिएको अन्तर्वार्तापछि पनि डेमोक्र्याटिक पार्टीमा उनको उम्मेदवारी छाड्ने माग पूर्ण रूपमा समाप्त भएको छैन।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत हप्ताको बहसमा बाइडेनको प्रदर्शन निराशाजनक थियो। त्यसयता बाइडेनको उम्मेदवारीलाई लिएर प्रश्न उठिरहेको छ ।

शनिबार मिनेसोटाका डेमोक्र्याटिक पार्टीका नेता एन्डी क्रेगले राष्ट्रपति बाइडेनलाई आफ्नो उम्मेदवारी त्याग्न आग्रह गरे। रिपोर्टका अनुसार अन्य केही नेताहरुले पनि यस्तो माग गर्न सक्नेछन् ।

क्रेगले भनेका छन् – जो बाइडेनले डोनाल्ड ट्रम्पको बिरूद्ध प्रभावकारी प्रचार गर्न र चुनाव जित्न सक्षम हुनेछन् भन्नेमा म विश्वस्त छैन।

यसअघि एबीसी न्यूजसँगको आफ्नो अन्तर्वार्तामा बाइडेनले ट्रम्पसँगको बहसलाई खराब अध्यायको रूपमा खारेज गरेका थिए।

बाइडेनले भनेका थिए कि अब ‘भगवान’ले मात्र आफूलाई राष्ट्रपतिको दौडबाट फिर्ता हुन मनाउन सक्छ।

यसैबीच, डेमोक्र्याटिक पार्टीमा बाइडेनलाई लिएर असहजता बढ्दै गएको छ। तर, अहिलेसम्म पार्टीका कुनै पनि ठूला नेताले उनलाई पछि हट्न आग्रह गरेका छैनन् ।

अमेरिकाका केही सर्वेक्षणहरूले बाइडेनमाथि डोनाल्ड ट्रम्पको अग्रता देखाउँदै छन्। यस कारण, डेमोक्र्याटिक पार्टीका धेरै मानिसहरू चिन्तित छन् कि बाइडेनले राष्ट्रपति पद र सिनेटमा आफ्नो बहुमत गुमाउनेछन्।

एबीसी न्यूजसँग बाइडेनको कुराकानीको केही समय पछि, टेक्सास कांग्रेसका लोयड डगेटले उनलाई राष्ट्रपतिको दौडबाट बाहिर निस्कन आग्रह गरे।

उनले भनेका थिए, “बाइडेनलाई आफ्नो नाम फिर्ताको निर्णय लिन जति धेरै समय लाग्छ, नयाँ उम्मेद्वारलाई ट्रम्पलाई हराउनको लागि त्यति नै गाह्रो हुनेछ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *