कर्णाली राजमार्ग एकतर्फी खुल्यो
मान्म। अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ। गत शुक्रबारदेखि बन्द यो बाटो आज अपराह्नदेखि कतर्फी खुला भएको हो।
जिल्लाको शुभकालिका गाउँपालिका–१ मा गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ।
राजमार्गको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारीसाधनका निम्ति खुला गरिएको उक्त कार्यालयका प्रमुख चेतनकुमार मण्डलले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment