कर्णाली राजमार्ग पुनः अवरुद्ध
मुगु। कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ।
वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो।
डिभिजन कार्यालयका जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार अहिले सडक खुलाउने काम भइरहेको छ। सडक अवरुद्घ भएपछि यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
यसअघि पनि कर्णाली राजमार्ग पहिरोका कारण चार दिन अवरुद्ध भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment