गीतकार सुमन योञ्जनको गीत ‘ए हावा’ सार्वजनिक (भिडियो)
काठमाडौं। गीतकार सुमन योञ्जनको नयाँ गीत ‘ए हावा’ सार्वजनिक भएको छ। द भ्वाइस अफ नेपालबाट लोकप्रिय बनेकी गायिका गीता शर्माको सुमधुर स्वरमा रहेको यस गीतमा कमल राई र गीता शर्माकै संगीत अनि देवेश राइको एरेन्ज रहेको छ।
प्रेमिल भावको गीत ‘ए हावा’को म्युजिक भिडियोमा लोकप्रिय मोडेलहरु गीता ढुंगाना र सागर खनालको अभिनय रहेको छ पछिल्लो समयका ब्यस्त निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ।
गीतलाई क्रिस्टल क्रियसन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। अमेरिका निवासी गीतकार योञ्जनको शब्दमा ‘फिदा’‘पानी पिउने’‘सरु सरु लाग्यो’ ‘कालापानी’‘थाहा छैनलगायतका म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment