त्रिशुलीमा हराइरहेको बस केराबारीमा फेला परेको आशंका
चितवन। चितवनको केराबारीमा त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका गरिएको छ। स्थानीयले रातो रंगको बस देखेको भन्दै प्रहरीलाई खबर गरेपछि अहिले सशस्त्र प्रहरीको टोली देवघाटबाट र प्रहरीको टोली मुग्लिनबाट सो ठाउमा पुगेको बताइएको छ।
सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्य जारी रहेपनि अहिलेसम्म फेला पर्न सकेको थिएन। भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको हो।
असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन्। बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment