मुकुल ढकालले दिए आयोगमा निवेदन, रास्वपाको विवरण अद्यावधिक नगर्न आग्रह
काठमाडौं। डा. मुकुल ढकालले आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।
ढकालले आयोगमा निवेदन दिदै रास्वपाले आफुलाई पदबाट हटाएको पत्र अहिलेसम्म नपाएको र राजनीतिक दलसम्बन्धि ऐन अनुसार आयोगमा पार्टीको विवरण अद्यावधिक नगर्न आग्रह गरेका हुन्।
उनले आफूलाई सफाईको अवसर नै नदिएर पदबाट हटाइएको जिकिर गरेका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment