पशुपति शर्मा र शान्तिश्री परियारको तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
१३ साउन २०८१ १८:५१
564
Shares

काठमाडौं। चर्चित गायक पशुपति शर्मा र गायिका शान्तिश्री परियारको स्वर समावेश तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमबीच निर्माण कम्पनिले उक्त गीतको भिडियो वर्ल्ड प्रिमियर गरेको हो।

सर्वजनिक गीतमा शब्द तथा संगीत दुर्गेश थापाको छ। उक्त गीतको भिडियोलाई पनि दुर्गेश स्वयंमले निर्देशन गरेका छन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दुर्गेशलाई अभिनेत्री प्रियंका कार्कीको अपोजिटमा देख्न सकिन्छ भने दुई जोडी फिचर्ड गीतमा मोडल तथा तिब्बतीयन गायक पेमा लामासँग मोडल टर्न अभिनेत्री गरिमा शर्माले कम्मर मर्काएकी छिन्।

युवक र युवतीले आफ्नो आफ्नो फरक किसिमको पीडा र वेदनालाई प्रस्तुत गरिएको शब्द जोडिएको गीतको भिडियोमा दुर्गेश, प्रियंका, पेमा र गरिमाले लोभलाग्दो नृत्य पस्केका छन् ।

गीतका शब्द झट्ट मनमा बस्ने प्रकृतिका सुनिन्छन् । सार्वजनिक डान्सिङ नम्बरमा दुर्गेशले सोहि फ्लेभरको संगीतको फ्युजन गराएका छन् । कार्यक्रममा बोल्दै गायक शर्माले तीजमा नाच्न मिल्ने प्रकारको अनि सबैले मन पराउनसक्ने शब्द र संगीत समावेश रहेकोले उक्त गीतमा आवद्ध भएको बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माले दुर्गेश थापाले आफ्नो परिचय नै बदल्ने गरि विशुद्ध मौलिकपना जोडेर गीत ल्याएको भन्दै बधाईसहित सफलताको शुभकामना दिए । तिब्बतीयन गायक पेमा लामा वौद्ध धर्ममा आस्थावान परिवारले हिन्दु धर्मको विशेष पर्व तीजलाई समेटेर तयार गीतमा जोडिएको भन्दै प्रशंसाको पात्र बने ।

मोडल तथा गीतकार दुर्गेशले आफु रील र रियल लाइफमा विल्कुलै फरक रहेको भन्दै आफ्नो बारेमा गरिने गलत हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे ।

आफू संधै सकारात्मकताको पक्षधर रहेको बताउँदै उनले विगतको परिचय बदलेर नयाँ प्रकारले गीतसंगीतमा क्रियाशिल हुने बताए । आफ्नो हिट सिरिज बीच्च बीच्चमा ७ु लाई सन्देशमूलक बनाएर तीजकै छेकोमा दर्शकमाझ ल्याउन लागेको समेत उनले खुलाए ।

उक्त गीतमा रुपेश थापाको छायांकन छ भने सम्पादन मिलन विश्वकर्माको छ । नाइडोल प्रोडक्सनको तर्फबाट छिरिङ लामाले भिडियोलाई निर्माण गरेकी हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *