बालकुमारी घटना : डीएसपी लम्साल र असइ दनुवारको निलम्बन फुकुवा

डिसी नेपाल
१५ साउन २०८१ १०:०२
160
Shares

काठमाडौं। ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अघि भएको प्रदर्शनमा बल प्रयोग गरेको भन्दै निलम्बनमा परेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र प्रहरी सहायक निरीक्षक बोधराज दनुवारको निलम्बन फुकुवा भएको छ ।

तत्कालीन सिडियो रुद्र पण्डित र एसएसपी सिद्धिविक्रम शाही जोगाएर लम्साललाई मात्र गरिएको कारवाहीमा निलम्बन फूकुवा गरिएको हो। घटनास्थलमा सुरक्षा कमाण्ड गरेका डीएसपी लम्साल र तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) लाई २०८० पुस १४ मा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो।

उनीहरू दुवैको निलम्बन फुकुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कोरिया जानका लागि इपीएस भाषा परीक्षामा सहभागी हुन फारम भर्ने विषयमा प्रदर्शनको हुँदा दुई जनाको मृत्यु भएको थियो। प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतले ज्यान गुमाएका हुन्।

घटनाबारे जाँचबुझ गर्न मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको आयोग गठनगरेको थियो। तत्कालिन एसएसपी शाह र पण्डित भने यथावत काममा फिर्ता भएका थिए। तर डिएसपी र उनको कमाण्डमा रहेको टोलीलार्य भने कारवाही गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *