रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलंकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप

डिसी नेपाल
१६ साउन २०८१ ७:०४
216
Shares

काठमाडौं। भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ। मंगलबार राति सम्पन्न खेलमा भारतले दिएको १३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो।

यस अघि भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो। सुपर ओभरमा श्रीलंकाले केवल २ रन मात्र बनाएपछि भारतले पहिलो बलमा नै खेल जितेको थियाे।

योसँगै भारतले टी- २० सिरिज ३-० ले क्लीन स्वीप गरेको छ। यस अघि सम्पन्न दुवै खेलमा भारतले जित हासिल गरेको थियो। श्रीलंका टूरमा रहेको भारतले अब आइतबारदेखि एकदिवसीय सिरिज खेल्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *