संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक आज बस्दै

डिसी नेपाल
१७ साउन २०८१ ६:४३
28
Shares

काठमाडौं। संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज बस्दै छ। आज बिहान साढे सात बजे सिंहदरबारस्थित गृह मन्त्रालय बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा रहेका छन्।

कार्यदलमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रित गर्ने गरि गत सोमबारको बैठक सकिएको थियो।

कार्यदलले पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रयास गरिरहेको छ। कार्यदलले सहमति गरेपछि सो प्रतिवेदन शिर्ष नेताहरुलाई बुझाउने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *