निगमले घटायो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमको बुधबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २ रुपैयाँले घटाएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन्।
घटेको मुल्य बुधबार राति १२ बजेदेखि लागू हुने छ। मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७० रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १५८ भएको छ ।
निगमले भारतबाट आएको नयाँ मुल्य सूची घटेर आएकोले मुल्य घटाएको जानकारी दिएको छ।
प्रतिक्रिया
Facebook Comment