काभा वुमन्स नेसन्स भलिबलः नेपालको विजयी सुरुआत
काठमाडौं। नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरुआत गरेको छ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पहिलो सेट नेपालले २५–१९ ले जितेको थियोे। त्यस्तै नेपालले दोश्रो सेट २५– १८ र तेश्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो।
नेपालका तर्फबाट सुमित्रा रेग्मी र आरती सुवेदीले डेब्यू गरेका थिए।
प्रतियोगितामा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी छन्। राउन्ड रोविन लिगपछि अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच साउन २२ गते सेमिफाइनल हुनेछ। फाइनल र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment