फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक (भिडियो)

डिसी नेपाल
१८ साउन २०८१ १०:५७
4
Shares

काठमाडौं। आगामी भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ।

बिहीबार सार्वजनिक ट्रेलरले अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषयलाई देखाएको छ।

यो फिल्ममा प्रमुख भूमिकामा रहेकी अभिनेत्री मलिका महतलाई नै ट्रेलरमा केन्द्र राखिएको छ।

निर्देशक लक्ष्मण सुवेदीकै लेखन रहेको फिल्ममा मलिकासँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको पनि अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *