कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी
ताप्लेजुङ। जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन्। करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदीबन्दी राखिएका छन्।
जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको छ।
कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन् भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागुऔषधका छ र सवारी दुर्घटना गराएका तीनजना कैदीबन्दी छन्।
१९९२ सालमा २५ जना कैदीबन्दी अटाउने गरी निर्माण गरिएको कारागार तीन रोपनी क्षेत्रफलमा फैलिएको छ। यहाँ साना–ठूला नौवटा घर छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment