महिला भलिबलः नेपालले माल्दिभ्सलाई हरायो
काठमाडौं। काठमाडौंमा जारी काभा महिला नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। नेपालले माल्दिभ्समाथि २५–८, २५–१९ र २५–१८ को जित हासिल गर्यो।
नेपाल यसअघि नै सेमिफाइनल फाइनल पुगिसकेको छ भने माल्दिभ्स प्रतियोगिताबाट बाहिरिसकेको छ। अब नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा भारतले श्रीलंकासँग मंगलबार खेल्नेछ। फाइनल र तेस्रो स्थानको खेल बुधबार हुने नेपाल भलिबल संघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment