तीन नायिका अभिनित निताको ‘नाच्ने हो हिल भाँच्ने गरी’तीज गीत सार्वजनिक (भिडियो)
काठमाडौं। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आउन करिब एक महिना बाँकी भएसंगै तीज गीतहरुको म्युजिक भिडियो निर्माण र सार्वजनिक गर्ने क्रम निकै बढेको छ। यस्तैमा नायिकाहरु शर्मिला मल्ल ,अन्जली अधिकारी र एलिशा शर्मा अभिनित तीज गीत‘नाच्ने हो हिल भाँच्ने गरी’को भिडियो सार्वजनिक भएको छ ।
गीतकार डी पी खनालको शब्दरचना , शंकर थापा स्माइलको म्युजिक निर्देशन र गायिका निता आचार्यको सुमधुर स्वरमा रहेको यस मौलिक तीज गीतमा गत बर्ष तीज पर्व मनाउन नपाएकोले यसपाली सबै मिलि तीजलाइ रमाइलो गरी मनाउ भन्ने भाव प्रस्तुत गरिएको छ।
केशवराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको छ। विषम आचार्यको संगीत संयोजन रहेको यस गीतको भिडियोलाइ गायिका निता आचार्यको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment