१८ देशका राजदूतको सुनवाई मंगलबारदेखि
काठमाडौं। सरकारले विभिन्न देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेका १८ जना व्यक्तिको संसदीय सुनुवाइका लागि समितिको बैठक आह्वन भएको छ।
प्रस्तावित राजदूतको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको ३३ औं बैठक बोलाइएको छ। बैठकले प्रस्तावित राजदूतमाथि उजुरी आह्वान गर्नेछ।
सरकारले साउन १५ गते चिनका लागि कृष्णप्रसाद ओलीसहित विभिन्न १८ वटा देशमा नयाँ राजदूतको नाम सिफारिस गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ।
दक्षिण कोरिया शिवमाया तुम्बाहाङफे, पोर्चुगलको राजदूतमा प्रकाशमणी पौडेल, मलेसिया नेत्र तिमिल्सिना, इजरायल राजदूतमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिका राजदूतमा कपिलमान श्रेष्ठ सिफारिस भएका छन्। त्यस्तै सरकारले साउदी अरबमा नरेशविक्रम ढकाल र पाकिस्तानमा रिता धितालको नाम सिफारिस गरेको छ।
त्यस्तै डेनमार्कका लागि नेपाली राजदूतमा सुम्निमा तुलाधार, श्रीलंकाको राजदूतमा रामकृष्ण भट्टराई र स्पेनको राजदूतमा सनिल नेपाल सिफारिस भएका छन्। नेपाल यसअघि पोर्चुगलको राजदूतमा सिफारिस भएर जान नपाएका व्यक्ति हुन्। रुसका लागि नेपाली राजदूत मिलनकुमार तुलाधरलाई फिर्ता बोलाएर जंगब चौहानको नाम सिफारिस गरिएको छ।
त्यस्तै अस्ट्रेलियामा कान्ता रिजाल, जर्मनीमा डा शैल रुपाखेती, अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी र बेलायत चन्द्र घिमिरेको नाम सिफारिस भएको छ। सरकारले भारतका लागि भने निवर्तमान राजदूत डा शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको थियो। उनको पनि फेरि संसदीय सुनुवाई हुने संसदीय समितिले जनाएको छ । संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन्।
धेरै पढिएको.
No trending news available right now.







डिसी नेपाल








Facebook Comment