सरकारको काम कारवाही बारे रास्वपाले छिट्टै धारणा सार्वजनिक गर्ने

डिसी नेपाल
२९ साउन २०८१ १३:५३
28
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारलाई नजिकबाट नियालिरहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले सरकारको सुरुवाती संकेतलाई जनताले मूल्यांकन गरिरहेको भन्दै पार्टीले पनि नजिकबाट नियालिरहेको बताएका हुन्।

उनले छिट्टै पार्टीका तर्फबाट सरकारको कामकारवाहीका बारेमा धारणा सार्वजनिक गर्ने जिकिर गरे। लामिछानले विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्नेमा कुनै दुइमत नरहेको बताए।

त्यस्तै उनले भ्रष्टाचार कसुरका लागि पाँच बर्षे हदम्याद स्वीकार्य नहुने भन्दै जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *