मुकुल ढकाललाई रास्वपाले सोध्यो २४ घन्टे स्पष्टीकरण
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) को महामन्त्रीबाट निष्कासित डा. मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोधिएको छ। साधारण सदस्यबाट समेत हटाउने तयारी स्वरुप मुकुललाई स्पष्टीकरण सोधिएको छ । उनले पार्टीविरुद्ध निरन्तर विवादित टिका टिप्पणी गरेको रास्वपाले जनाएको छ।
“पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सुचित गरिन्छ,” स्पष्टीकरण पत्रमा भनिएको छ।
आफूमाथि गरिएको कारवाही मनासिब नलागेमा पार्टी पुनरावेदन समितिमा पुनरावेदन गर्ने समय दिइएकोमा पुनरावेदन नगरी विभिन्न माध्यमहरुबाट पार्टी हितविपरीत गई विचार दिएको रास्वपाले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment