श्रीमती हत्याको आरोपमा एक पक्राउ

डिसी नेपाल
३१ साउन २०८१ २३:०९
68
Shares

दाङ। श्रीमतीको हत्या गरेको गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा लमही नगरपालिका–९ स्याले निवासी ४९ वर्षीय श्यामकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार कुमालविरुद्ध ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेको आरोप छ। ईश्वरीलाई बुधबार विहान ७ बजेतिर घरदेखि एक किलोमिटर दक्षिणतर्फ रहेको हात्तिखालबाट स्याले जाने भित्रि कच्चीबाटोमा मृत अवस्थामा फेलापारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटना लगत्तै फरार रहेका कुमालले प्रहरीले आज पक्राउ गरेको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनले हत्या आफूले गरेको स्वीकार गरेको जनाएको छ। दुवै जनाले मादक पदार्थ सेवन गरी फर्कने क्रममा सामान्य वादविवाद हुँदा श्रीमान्ले काठको लाठीले टाउको, अनुहार, खुट्टा र शरीरको पछाडि ढाडको भागमा प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *