डोटीमा बस दुर्घटना, १६ जना घाइते

डिसी नेपाल
३२ साउन २०८१ ७:४७

धनगढी। डोटीमा बस दुर्घटना भएको छ।

कैलालीको धनगढीबाट डोटीको दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे थप बिवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *