पाइलट बाबाको निधन

डिसी नेपाल
४ भदौ २०८१ १९:१५
952
Shares

काठमाडौं। भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ।

भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामंडलेश्वर पाइलट बाबा लामो समयदेखि बिरामी थिए। उनको दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो।

उनलाई हरिद्वारमा समाधि लगाइने बताइएको छ। उनी भारतीय वायुसेनामा विंग कमाण्डर थिए, त्यसैले उनलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो। उनले पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका खेलेपछि सन्यास लिएका थिए।

पायलट बाबाको महासमाधीको जानकारी उनको इन्स्टा एकाउन्टमार्फत आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *