पोखरामा बेगनासताल सरसफाइ अभियान

डिसी नेपाल
५ भदौ २०८१ १०:३०
100
Shares

गण्डकी। पोखरामा कर्मचारी मिलन केन्द्रले सुरु गरेको प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाइ अभियानको दोस्रो शृंखला आज बेगनासतालको सरसफाइ गरेर सम्पन्न भएको छ।

सामाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रका प्राकृतिक एवं सांस्कृतिक सम्पदालाई सरसफाइ गर्नेगरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए।

केन्द्रका संरक्षक कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्राकृतिक सम्पदाको संरक्षण हामी सबैको दायित्व भएको बताउँदै यस किसिमका कार्यक्रमले सरसफाइप्रति सर्वसाधारण जागरुक हुने विश्वास व्यक्त गरे।

आजको सरसफाइ बेगनासताल अगाडिको उद्यान, बाँध हुँदै तालको किनार र आसपास केन्द्रित गरिएको थियो। सरसफाइमा सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिक समाजका अग्ुवा, स्थानीय पर्यटन व्यवसायीलगायत सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *