फिल्म ‘रावायण’ को ट्रेलर सार्वजनिक, एक्सन अवतारमा पल

डिसी नेपाल
६ भदौ २०८१ २१:०८
140
Shares

काठमाडौं। बहुप्रतिक्षित फिल्म ‘रावायण’ को ट्रेलर सार्वजनिक भएको छ। एक्सनले भरिपूर्ण ट्रेलरबाट फिल्ममा पल शाहलाई एक्सन अवतारमा देखाइएको छ।

फिल्ममा अभिनेत्री पूजा शर्मा टीभी पत्रकारको भूमिकामा रहेकी छन्। त्यस्तै अर्की अभिनेत्री प्रियंका कार्की मुश्लिम महिलाको भूमिकामा रहेकी छन्। ‘रावायण’ यही भदौ २१ गते अर्थात् तीजको बिदा पारेर रिलिज गरिदै छ।

सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको फिल्ममा प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजंग शाही, कैलाश रावल, शर्मिला मल्ल लगायतको पनि अभिनय छ। एक गीतमा अभिनेत्री नीकिता चाण्डकले नृत्य गरेकी छन्।

फिल्ममा सौरभ लामाको छायांकन शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, मिलन श्रेष्ठको सम्पादन एवं श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *