बलिवुड फिल्म स्त्री-२ ले कति कमायो ?

डिसी नेपाल
८ भदौ २०८१ १६:०६
892
Shares

काठमाडौं। बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ। फिल्मले रिलिजको पहिलो नवौं दिन शुक्रबार १९ करोड ३० लाख कमाई गरेको छ। फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म ३२७ करोड ३० लाख कमाई गरिसकेको छ।

फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो। त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९।४० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड, शनिबार ४५ करोड ७० लाख, आइतबार ५८ करोड २० लाख,सोमबार ३८ करोड ९० लाख, मंगलबार २६ करोड ८० लाख, बुधबार २० करोड ४० लाख र विहिबार १८ करोड २० लाख कमाएको थियो।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ। यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको थियो।

अमर कौशिकले निर्देशन गरेको स्त्री(२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *