इङल्याण्डका पुर्व प्रशिक्षक इरिक्सनको निधन

डिसी नेपाल
१० भदौ २०८१ २०:२४
56
Shares

काठमाडौं। इङल्याण्डका पुर्व प्रशिक्षक स्भेन गोरान इरिक्सनको ७६ बर्षको उमेरमा निधन भएको छ ।

परिवारले जारी गरेको एक विज्ञप्तिमा इरिक्सनको निधन भएको जानकारी दिइएको हो। गत जनवरीमा इरिक्सनलाई क्यान्सर भएको खुलासा भएको थियो।

इरिक्सनले सन् २००१ देखि २००६ सम्म इङल्याण्डको राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए। आफ्नो पाँच बर्षे कार्यकालमा उनले २००६ को फिफा विश्वकपमा इङल्याण्डको प्रशिक्षक थिए। विश्वकपपछि उनले इङल्याण्डको प्रशिक्षक छोडेर म्यानचेस्टर सिटीको प्रशिक्षक बनेका थिए।

उनी पछिल्लो पटक २०१८ देखि २०१९ सम्म फिलिपिन्सको प्रशिक्षक बनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *