एन्फा महासचिवको तलब दुई हजार डलर
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ।
खेलाडीको तलब १८ हजारबाट बढाएर ३० हजार गरेको एन्फाले महासचिवको तलब भने एक लाख २० हजारबाट बढाएर करिब २ लाख ७० हजार पुर्याएपछि आलोचना भएको हो।
अध्यक्ष पंकज नेम्वाङले पेश गरेको प्रस्ताव नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महासचिवको तलब दुई हजार अमेरिकी डलर पुर्याउने उल्लेख गरेका थिए । बैठकम असन्तुष्टि भएपनि यो प्रस्ताव बहुमतले पारित गरेको छ।
बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment