खेलको क्रममा मैदानमा लडेका उरुग्वेका डिफेन्डरको निधन

डिसी नेपाल
१२ भदौ २०८१ १८:४५
636
Shares

काठमाडौं। उरुग्वेका डिफेन्डर जुआन इज्क्विएर्डोको निधन भएको छ।

२७ बर्षिय डिफेन्डर जुआन अगस्त २२ मा आफ्नो कोपा लिबेर्टाडोरेज अन्तर्गत क्लब नासिओनलको ब्राजिलियन क्लब साओ पाउलोविरुद्ध खेल्ने क्रममा मैदानमा लडेका थिए।

खेलको ८४औं मिनेटमा मैदानमा लडेका जुआनलाई तत्काल मैदान बाहिर लगेर एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको थियो। अस्पतालले जुआनको ब्रेन डेड भएका कारण मृत्यु भएको जानकारी दिएको छ।

जुआनको निधन भएको खबरपछि उरुग्वेको फुटबल फेडेरेसनले यो खबर अत्यन्त दुखद भएको उल्लेख गरेको छ। एसोसियसनले अहिले दक्षिण अमेरिकी फुटबल दुखमा रहेको उल्लेख गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *