दिनेश डिसीले सम्हाले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार

डिसी नेपाल
१७ भदौ २०८१ १२:०४
32
Shares

काठमाडौं। दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेका छ्न्।

सोमबार बिहान सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। कार्यभार सम्हाल्दै अध्यक्ष डिसीले आफुले बोर्डमा नयाँ ढंगले काम गर्ने बताएका छन्।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका लागिआवेदन दिएका मध्येबाट तीन जनाको नाम सिफारिस गरेको थियो ।

जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *