चलचित्र विकास बोर्ड अध्यक्ष डिसीद्वारा पदभार ग्रहण

डिसी नेपाल
१७ भदौ २०८१ १६:४३
52
Shares

काठमाडौं। चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आज पदभार ग्रहण गरेका छन्। आज बोर्डको कार्यालयमा पुगेर ज्ञानशास्त्र चलचित्रको निर्माण इजाजतपत्रको टिप्पणीमा सदर गरेर विधिवत् पदभार ग्रहण गरेको बोर्ड सदस्य एवं प्रवक्ता खेतुलाल विसीले जानकारी दिए।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। अध्यक्ष डिसी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रुपमा पनि चिनिन्छन्। निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *