नेप्से १२ अंकले घट्यो, ९ अर्बको कारोबार
काठमाडौं। नेप्सेमा आज १२.१० अंकको गिरावट आएको छ। विहीबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०।४४ प्रतिशत अर्थात् १२.१० अंकले घटेर २७२७.३६ अंकमा झरेको छ।
विहिबार ३१६ वटा कम्पनीको कारोबार हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ बराबरको कारोबार भएको छ।
आज आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्सको सबैभन्दा बढी ८.९१ प्रतिशत शेयर मुल्य घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ। आज नेपाल फाइनान्सको ४० करोड ५० लाख बराबरको शेयर कारोबार भएको छ। त्यस्तै आज अपि पावरको ६ लाख ७६ हजार ७३ कित्ता शेयर किनबेच भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment