बलिवुड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?

डिसी नेपाल
२१ भदौ २०८१ १५:२४
596
Shares

काठमाडौं। बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ । रिलिजको तेस्रो सातासम्म स्त्री(२ ले ५२६ करोड ४३ लाख कमाइ गरेको छ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको तेस्रो सातामा अहिलेसम्मकै सबै भन्दा बढी ७२ करोड ८३ लाख कमाएको थियो। यस अघि तेस्रो सातामा सबैभन्दा बढी कमाउने रेकर्ड बाहुबली-२ को नाममा थियो । बाहुबली -२ ले तेस्रो सातामा ६० करोड ७५ लाख कमाएको थियो।

स्त्री- २ ले यस अघि पहिलो सातामा ३०७ करोड ८० लाख र दोस्रो सातामा १४५ करोड ८० लाख कमाएको थियो।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो।

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *