‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

डिसी नेपाल
२१ भदौ २०८१ २१:४७
60
Shares

कास्की। पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब च्याम्पियन बनेको छ।

लामाचौरको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको भलिबल कोर्टमा आज सम्पन्न फाइनल प्रतिस्पर्धामा चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमण्ड काठमाडौंलाई ३–१ सेटमा हराउँदै एफिएफले उपाधि जितेको हो। विजेता एपिएफले नगद रु एक लाख ५० हजार ट्रफी र मेडल प्रमाणपत्र पुरस्कार पायो।

पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारेको एपिएफले तेस्रो सेट भने गुमाएको थियो। उसले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ सेटमा जितेको थियो। तेस्रो सेट डायमण्डले २५–१३ मा जिते पनि चौथो एपिएफले २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो। प्रतियोगितामा उपविजेता बनेको न्यू डायमण्डले रु एक लाख एक सय ११ पुरस्कार पायो।

प्रतियोगितामा बाग्लुङको गलकोट तृतीय भयो। उसले रु ५० हजार एक सय ११ पुरस्कार पायो। प्रतियोगितामा एपिएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर घोषित हुनुभयो । डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित भए। प्रतियोगितामा एपिएफकी पूजा चौधरी ‘मस्ट भ्यालुयबल प्लेयर’ बने।

यसैगरी पुरूषतर्फको फाइनल खेल भने आज रोकिएको छ। दुई विभागीय टोली एपिएफ र नेपाल पुलिसबीचको खेल ‘लाइट प्रोटेस्ट’ का कारण स्थगित गरिएको आयोजक संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए।

उपाधि प्रतिस्र्धामा दुवै टोलीले समान एकरएक सेट जितेका थिए। एपिएफले पहिलो सेट २५–२३ ले जित्दा पुलिसले दोस्राे सेट समान २५–२३ ले जितेको थियो। पुरुषतर्फको फाइनल खेल शनिबार विहान सञ्चालन हुने आयोजकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *