सुनकोशीमा बेपत्ता युवाका पिता भन्छन् -‘धर्ती चिरेर भएपनि फर्कनुपर्छ छोरा!’
काठमाडौं। ‘आज १५ दिन भयो छोरा तिमी कहाँ छौ? जलमा, थलमा, आकाशमा। मलाइ विश्वास छैन तिमी नफर्किने बाटोमा गयौ भन्ने। तिमी देखेको सपनालाई अधुरो छोडेर जान सक्दैनौं’
‘आज १४ भयो तिम्रो छोरीले मेरो बाबा खोइ? भनेर सोधेको। हामीले के जवाफ दिने? त्यसैले धर्ती चिरेर भएपनि फर्कनुपर्छ छोरा’
गत भदौ आठ गते खोटाङको हलेसीबाट काठमाडौं फकिँदै गर्दा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जीपमा बेपत्ता भएका भक्तपुर जगातीका ३२ वर्षीय अबिल बकेका बुवा रामसुन्दर बकेले लेखेका यी भावुक स्टाटस हुन्।
१५ दिन अगाडिदेखि सुनकोशी नदीमा बेपत्ता भएका अबिन बकेसहित ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका छन्। हालसम्म उनीहरु तीनै जना फेला पर्न सकेका छैनन्। बेपत्ता भएकाहरु फेला नपर्दा परिवारमा झन पीडा थपिएको छ।
सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोलीले सुनकोशीमा खोजी गरे पनि मान्छे फेला पर्न नसकेको प्रहरीले जनाएको छ।
खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ६३६६ नम्बरको इसुजु गाडी भदौ ८ गते शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ कुँडुलेबाट सुनकोशीमा खसेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment