मधेशमा कमजोर माओवादीः सांगठनिक अवस्था सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्लान् ?

डिसी नेपाल
२५ भदौ २०८१ १०:२२
160
Shares

महोत्तरी। मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड सहित आधा दर्जन केन्द्रीय पदाधिकारीहरु आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरुको विषयमा निर्मम समीक्षा गर्न आईपुगेका छन्।

यही सन्दर्भलाई लिएर चिया र चौतारीहरुमा मधेशको खस्कँदो सागंठनिक अवस्थालाई सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्छ्न भन्ने आम  चासो रहेको छ ।

नेता र कार्यकर्ताहरुको भावनालाई आत्मसाथ गर्न नसक्दा पछिल्लो समय असन्तुष्ट पक्षहरुहरुलाई नेकपा एमाले, जसपा, लोसपा जस्ता दलहरुले व्यवस्थापन गरिरहेको देखिन्छ।

१ वर्षको अवधिमा माओवादी केन्द्रकै उच्च तहका नेताहरुको तथ्यांकअनुसार ६ सय भन्दा बढी नेता, कार्यकर्ताहरुले पार्टी छाडिसकेका छन्।

अझ अचम्म लाग्दो त यहाँ के छ भने नेकपा एमालेले त माओवादी केन्द्रवाट भित्र्याएका नेता, कार्यकर्ताहरुलाई पाटी बलियो वलियो बनाउने अस्त्र नै बनाएको छ।

उदाहरणको रुपमा  महोत्तरीको अहिलेको एमालेको सागंठनिक अवस्थालाई हेर्न सकिन्छ । यसअघि भएको एमाले अधिवेशनमा माओवादीवाट नै प्रवेश गरेका वलिराम यादवलाई नेतृत्व दिइएको छ भने पदाधिकारीमा पनि अधिकांश माओवादीबाट भित्रीएकाहरु नै छन्।

जिल्लाको मात्र हैन स्थानीय तहको अवस्था हेर्ने हो भने एमालेले माओवादीवाट भित्रीएकाहरुलाई प्राथमिकतामा राखेको छ ।

महोत्तरीको उत्तरी क्षेत्र बर्दिवासमा  सचिव, सहसचिव देखि पदाधिकारीमा माओवादीवाट भित्रीएकाहरु छन्।

दक्षिणतर्फ माओवादी केन्द्र बलियो देखिएका पालिकाहरुमा एमालेले उनीहरुलाई पार्टी बलियो वनाउने हतियार वनाएको छ। माओवादीको बलियो पकड भनिएको सम्सीमा माओवादीवाट नै प्रवेश गरेकालाई अध्यक्षको नेतृत्व दिइएको छ।

यस्तो अवस्था महोत्तरीमा मात्र हैन अन्य जिल्लाहरुमा पनि देखिन्छ।  केन्द्र तहका ज्वाला कुमारी साह देखि वुदिनी देविसम्म आईपुग्दा एमालेले नै उनीहरुलाई परिचालन गरेर पार्टीको संगठनलाई मजवुत वनाउदै लगेको छ भने माओवादी केन्द्र थप कमजोर वन्दै गएको देखिन्छ।

‘पार्टी कमजोर हुनुमा यस्का अन्तर्यहरु मुलतः आन्तरिक कलह नै हो।’ केन्द्रीय सदस्य प्रकाशहरी पोखरेलले भने, ‘यो विषयमा पनि आज र भोलि हुने बैठकमा निर्मम समीक्षा हुनेछ ।’

बैठकमा उठेका विषयहरुको पार्टी अध्यक्ष प्रचण्ड स्वयमले दस्तावेज वनाउने र उपयुक्त छलफल गरेर निष्कर्ष निकालिने केन्द्रिय सदस्यहरुले वताएका छन्।

अझै मधेशमा संस्थापन पक्ष र संस्थापन इतरको नाममा अनेक गुटबन्दी सिर्जना भएको माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु नै स्वीकार गर्छन्।

सिरहा, सर्लाही, महोत्तरीमा पूर्व एकता केन्द्र समूह र प्रचण्ड समुहबीच जहिल्यै पनि कहीँ न कहीँ मतभेद सिर्जना हुने गरेको र केही आधार ईलाका भएका ठाउँहरु समेत अघिल्लो निर्वाचनमा समेत गुमाउनुले यस्लाई पुष्टि गरेको छ।

यसैको परिणाम महोत्तरी क्षेत्र नं.१ मा गिरिराजमणि पोखरेलले संघमा र राजु खड्काले स्थानीय तहमा पराजय भोग्नुपरेको माओवादी केन्द्रका एक नेता बताउँछन्।

‘मधेशमा माओवादीमा देखिएको आन्तरिक कलहका कारण, असन्तुष्टि र नेता कार्यकर्ताहरुको पार्टी वहिगर्मनका विषयमा पनि बैठकमा गहन छलफल हुनेछ।’ माओवादी केन्द्र महोत्तरी इन्चार्ज राजु खडकाले भने,‘अब पार्टी कमजोर हुनुमा दोषारोपण गरेर मात्र हुँदैन मैदानमा काम गर्नुपर्ने अवस्था आएको छ।’

मधेश प्रदेश इन्चार्ज गणेश साहले पनि एकअअर्कालाई दोष  लगाउने तर कमजोरीका कारकहरुको विषयमा समीक्षा गर्न नसक्दा माओवादी केन्द्र कमजोर बन्दै गएको बताउँछन्।

उनले एक अन्तर्वार्तामा प्रचण्डमा विकल्पको खोजी भन्दा पनि सच्चिनु पर्ने र सुधार गर्नुपर्ने कयौं ठाउँहरु रहेको अभिव्यक्ति दिएका छन्।

यसरी नेता कार्यकर्ताहरुको असन्तुष्टि र बहिगर्मनमा नेताहरुकै मुख्य जिम्मेवारी रहेको ठहर्‍याएका छन्। ६ प्रदेशमा परामर्श बैठक समपन्न गरेर मधेश आइपुगेका पदाधिकारीहरुको छलफल महोत्तरीको बर्दिवास रिसोर्टमा भैइरहेको छ।

अध्यक्ष प्रचण्ड सहित नेताहरु अग्नि सापकोटा, हरिवोल गजुरेल, गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ बर्दिवास आईपुगेका छन्।

वर्षमान पुन र मातृका यादव भने उपचारको क्रममा चिनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *