१८ लाख यात्रु बोकेको बुद्ध एयरको बिदाइ
काठमाडौं। बुद्ध एयरले आफ्नो एटीआर -४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ। नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक्त विमानलाई बुद्ध एयरले सदाका लागि बिदाइ गरेको हो।
सन् २००८ मा नेपाल भित्र्याएको यो जहाजले आफ्नो उडान साइकल पूरा गर्दा नेपाली आकाशमा १८ लाख यात्रु बोकेको छ।
विमान मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको थियो। जहाजलाई सम्मानस्वरुप पानीको फोहोरा दिएर बिदाइ गरेको हो।
नेपालको आन्तरिक उडान तथा एटीआरको इतिहासमा उडान अवधि पूरा गरी डिकम्पोजमा जान लागेको पहिलो विमान हो।
आजदेखि यात्रु बोक्न नपाउने उक्त जहाजलाई नेपालमै डिकम्पोज गर्ने कि विदेश पठाउने खुल्न सकेको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment