सत्ता गुमेपछि प्रचण्ड परिवारमा छटपटाहट, बाबा रामदेवको शरणमा प्रचण्डपुत्री
काठमाडौं। सत्ताबाट बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारमा छटपटाहट उत्पन्न भएको छ। सत्ताबाट बाहिरिए लगत्तै आफ्ना दुई छोरीलाई भारत पठाएका प्रचण्डले अहिले फेरि धर्मभीरु समक्ष पठाउन थालेका छन्।
दुई पुत्री गंगा र रेणुलाई भारत पठाएका प्रचण्डले अहिले फेरि भारतीय धर्मभीरु बागेश्वर बाबा मार्फत भारतीय योगी रामदेबको शरणमा पठाएका छन्। यस अघि प्रचण्डले दुई पुत्रीलाई परराष्ट्र मन्त्री आरजु राणा भारत गएकै बेलामा पठाएका थिए।

प्रचण्डले आफ्नो दूतकोरुपमा दुई पुत्रीलाई भारतीय संस्थापन पक्षसँग सुमधुर सम्बन्ध बनाउन पठाइएको बताइन्छ। त्यसबेला भारतीय संस्थापन पक्षले परराष्ट्रमन्त्री राणासँगै प्रचण्डका दुई पुत्री गंगा र रेणुलाई एउटै होटेलमा बसाइएको स्रोत बताउँछ।
अहिले प्रचण्ड पुत्री रेणु बागेश्वर बाबासँग निकट रहेकी पुनम यादवमार्फत भारतीय योगी रामदेव र नेपाली मूलका भारतीय आचार्य बालकृष्णसमक्ष पुगेकी छन्।

भारतीय योगगुरु रामदेव र नेपाली मूलका आचार्य बालकृष्णले नेपालमा व्यापारिक प्रयोजनका लागि नेपाल सरकारसँग हदबन्दी छुट गराएर खरिद गरिएका जग्गा सट्टापट्टा गराइएको समाचार सार्वजनिक भइरहेको छ। उनीहरुले गैर नाफामूलक संस्था पतञ्जलि योगपीठ मार्फत व्यापारिक प्रयोजनका लागि हदबन्दी छुट गराएर लिएको जग्गा सट्टापट्टा गराइएको भन्दै विवादित बनेको छ।







डिसी नेपाल







Facebook Comment